अर्थ-वाणिज्य

अर्घाखाँचीको शितगंगा नगरपालिकाले ल्ययो ८६ करोड ६५ लाख बजेट




शितगंगा, ११ असार । अर्घाखाँचीको शितगंगा नगरपालिकाले आगामी बर्ष २०७९र०८० को लागि ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको ११औं नगर सभामा नगर उपप्रमुख गिताभाटले ८६ करोड ६५ लाख बराबरको बजेट पेस गर्नु भएको हो । चालुतर्फ करिव ५२ करोड र पुँजीगततर्फ करिव ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थिए ।

नगर सभामा नगर प्रमुख छबिलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ६५प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत विनियोजन गरिएको हो।नगरपालकाले सबै भन्दा बढी सडक स्तरउन्नतिमा रकम बिनियोजनभएको छ ।

आर्थिक विकास,सामाजिक विकासमा पुर्बाधार विकास, वन वातावरण तथा विपद ब्यवस्थापनमा शुसासन तथा सस्थागत विकासमा समेत बजेट बिनियोजन भएको छ । नगर भित्रका घरहरुलाई खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत यस आर्थिक वर्ष मा करीब ६०० परीवारहरुको खर को छानो मूक्त गरीने छ , गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत योजना कम गरिएको छ ।

प्रकाशित : ११ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६