पोखरा, ११ असार । पोखराको सुइँखेत डुबानमा परेको छ । हिजो बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।
पोखरा २५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयो । डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खोला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेको छु उहाँले भन्नुभयो ।
विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको उहाँले बताउनु भयो । उहाँका अनुसार पोखरा १६ अमलामा भने एउटा घर बगाएको छ ।
प्रतिक्रिया