शैलेन्द्र श्रेष्ठ
कपिलवस्तु ११ असार ।लायन्स क्लव अफ कपिलवस्तुको बर्ष २०२२/०२३ का अध्यक्ष लायन राम शुभागे थारुले पदभार ग्रहण गर्नु भएको छ । बाणगंगा–४ एक रिर्सोटमा शनिवार भएको पाँचौं पद हस्तान्तरण कार्यक्रममार्फत् थारुले पदभार ग्रहण गर्नुभएको हो । बर्ष २०२१/२२ का अध्यक्ष लायन्स धातानन्द भुसालले थारुलाई लायन्स माला घाँटीमा भिराइदिएर पद सुम्पनु भएको थियो ।पदभार ग्रहण गरेसंगै थारुले लायन्स कपिलवस्तुको आफ्नो नेतृत्वको अवधिमा केही महत्वकांक्षी योजनासहित काम गर्ने प्रतिवद्धता जनाउनु भयो । थारुले विषम परिस्थितिलाई मध्यनजर गरी विपद्को क्षेत्रमा काम गर्ने, स्वास्थ्यका क्षेत्रमा वृहत ढंगबाट काम गर्ने बताउँदै छाला, आँखा, कानका समस्यालाई मध्यनजर गरी शिविर संचालन गरिने बताउनु भयो । यसैगरी थारुले क्लवलाई डिजिटल प्रविधियुक्त बनाउने योजना रहेको सुनाउनु भयो । साथै थारुले ११ वटा वडाका ३३ जनालाई ६ महिने डिप्लोमा कम्प्युटर कोर्स गराई रोजगार सिर्जना गर्ने गरि काम गर्न बताए ।
पदभार ग्रहणपछि कार्यक्रममा बोल्ने वक्ताहरुले थारुको सफल कार्यकालको कामना गर्दै निवर्तमान अध्यक्ष हुनु भएका धातानन्द भुसालको मुक्तकण्ठले प्रसंसा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले लायन्सका साथिहरुले ठुलोे जिम्मेवारीका साथ सामाजिक सेवामा लाग्नु भएकाले सबैलाई धन्यबाद दिनुभयो । आगामि दिनमा नगरपालिका र सामाजिक संघ सस्थाहरु मिलेर समाजलाई नयाँ मोडलमा लौजान आफुले भुमिका खेल्ने उहाँको भनाई छ । यस्ता सामाजिक संघ संस्थामा सदैव नगर सकारात्मक रहेको मेयर अर्यालले बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि लायन्स 325 B2 Nepal का second district governor नवराज न्यौपानेले अध्यक्ष थारुले उर्जाशिल र डिजिटल क्लब बनाउन गरेका प्रतिवद्धता पुरा गर्ने खालको पात्रको रुपमा आफूले पाएको बताउँदै सफल कार्यकालको शुभकामना दिनुभयो । थारुकाका प्रतिवद्धता र भाषणले काममा कटिवद्ध, भनेको कार्य पुरा गर्ने युवा जुझारु ब्यक्तिको रुपमा आफूले लिएको भन्दै कपिलवस्तुले फेरि पनि देशकै उत्कृष्ट क्लवको अवार्ड प्राप्त गर्ने विश्वास ब्यक्त गर्नभयो । आफू क्लवमा होमिएपछि पाएका सफलता र संघर्षका कुरा पनि सुनाउँदै क्लवमा पद बढुवा घटुवामा रुपन्देहीमा भएका राम्रा अभ्यासको बारेमा पनि उहाँले प्रकाश पार्नु भएको थियो । न्यौँपानेले लायन्स क्लव आफैमा ठुलो अन्र्तराष्ट्रिय संस्था भएकाले यसमा लाग्नेहरुले धेरै लाभ लिन सक्ने बताउनु भयो । निवर्तमान अध्यक्ष धातानन्द भुसालले निकै राम्रो काम गरेको भन्दै न्यौँपानेले मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि नगर उपप्रमुख रिता कुमारी चौधरीले थारुलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । इतिहास बनाएको लायन्समो अर्को इतिहास कायम गर्ने घडीमा थारु दौडनु पर्ने उहाँको भनाई छ । कार्यक्रमा कार्यक्रममा कोषाध्यक्ष नवदत्त घिमिरेले आर्थिक पैतिवेदन पेश गर्दै २०२२/०२३ का लागि कोषाध्यक्ष दामोदर पन्थीलाई पद हस्तान्तरण गर्नु भएको थियो । यस्तै २०२१/०२२ का सचिव सागर घिमिरेले प्रगति प्रतिबेदन प्रस्तुत गर्दौ २०२२/०२३ का लागि सचिव शान्तराज गैरेलाई पद सुम्पिनु भएको हो । लायन्सको आगामि बर्षकालागि प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, दोस्रो उपाध्यक्ष नवदत्त्व घिमिरे, तृतीय उपाध्यक्षमा झवि भट्टराई, चौथो उपाध्यक्षमा नारायण पौडेल तथा पाचौं उपाध्यक्षमा सुमन क्षेत्री चयन हुनुभएको क्लबले जनाएको छ । कार्यक्रमा उपस्थित सवै वडाका नयाँ जनप्रतिनिधीलाई क्लवले सम्मान गरेको छ । निवर्तमान सचिव सागर घिमिरे र वर्तमान सचिव शान्तराज गैरेको संचालन र लायन नरायण प्रसाद पौडेलको संयोजकत्वमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया