खोज–अनुसन्धान

देशकै ठूलो नगरको ८६ करोड मात्र बजेट : गत परिषद नगरेको शुद्धोधनको बजेट आयो, कपिलवस्तुको पारित




पार्वती पाण्डे
कपिलवस्तु १२ असार। भूगोलका हिसावले देश कै सर्वाधिक ठूलो नगरको बजेट मात्र ८६ करोड सार्वजनिक भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाले आगामी बर्ष २०७९/०८० को लागि ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको ११औं नगर सभामा नगर उपप्रमुख गिताभाटले ८६ करोड ६५ लाख बराबरको बजेट पेस गर्नु भएको हो । चालुतर्फ करिव ५२ करोड र पुँजीगततर्फ करिव ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थिए । नगर सभामा नगर प्रमुख छबिलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ६५प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत विनियोजन गरिएको हो।नगरपालकाले सबै भन्दा बढी सडक स्तरउन्नतिमा रकम बिनियोजनभएको छ ।आर्थिक विकास,सामाजिक विकासमा पुर्बाधार विकास, वन वातावरण तथा विपद ब्यवस्थापनमा शुसासन तथा सस्थागत विकासमा समेत बजेट बिनियोजन भएको छ । नगर भित्रका घरहरुलाई खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत यस आर्थिक वर्ष मा करीब ६०० परीवारहरुको खर को छानो मूक्त गरीने छ , गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत योजना कम गरिएको छ ।
यता गत वर्ष गाउ पष्ििरषद गर्न नसकेको कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सोमध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको थियो ।

अध्यक्ष चौधरीले मावि तहमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् । साथै अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् । प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।यस्तै कपिलवस्तु जिल्लाको कपिलबस्तु नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । बाह्रौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । अगामी आर्थिक बर्षबाट नगर भित्रका आर्थिक सहयता, छात्रबृतिहरुमा लाग्ने सिफारिस शुल्क, निःशुल्क हुने नगर प्रमुख पौडेलले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, कृषि, सामाजिक, सहरी, तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको उहाँले बताउनुभयो । पञ्जीकरण संग सम्बन्धित सबै सिफारिसमा लाग्ने दस्तुर केन्द्रिय कानुन बमोजिम नै रहने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । नगर उप प्रमुख सुनिता गुप्ताले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६