प्रदेश

कक्षा ८ सम्मको खाजाका लागि मन्त्रालयले बजेट नदिएको शिक्षा मन्त्रीको गुनासो




काठमाण्डौ, १२ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ ।

आज आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको बताउनुभयो ।

मन्त्री पौडेलले सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्‍याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ६ सम्म पुर्‍याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताउनुभयो । उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थ मन्त्रालयलाई पठाएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । यो नीति तथा कार्यक्रममा आयो तर बजेटमा यो आएन । नीति तथा कार्यक्रममा कक्षा ८ सम्म पुर्‍याउने गरी आए पनि बजेटमा अहिलेलाई यो वर्ष कक्षा ६ सम्म भन्ने भाषामा आयो ।’

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुरा प्रविधीमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । सबै क्षेत्रमा पेपरलेस कागजविहीन प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६