प्रदेश

दाङका दुई महिलामाथि सामूहिक बलात्कार



दाङ, १३ असार । नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ । किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट हिजो आइतवार दिउँसो बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बलात्कार गर्नेहरूलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही थालेको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डीएसपी मुकुन्द रिजालले केहीबेर अघि जानकारी दिनुभयो । राजपुरका महिलाहरू नेपालबाट भारतको मनीपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको डीएसपी रिजालले जानकारी दिनुभयो । ६ जना महिला भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्यो घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी आफूहरूलाई प्राप्त भएको डीएसपी रिजालले बताउनुभयो । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जना पक्राउ गरेको जानकारी दिएको डीएसपी रिजालले बताउनुभयो ।

नेपाल–भारत सीमा क्षेत्र राजपुरका धेरै बस्तीका मानिसहरू अहिले पनि किनमेलका लागि जङ्गलको बाटो हुदै भारतीय बजारमा जानुपर्ने बाध्यता छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६