प्रदेश

अनावश्यक सम्मान आवश्यक नहुने एमाले उपाध्यक्ष पौडेलको बुझाई



१३ असार रुपन्देही ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान नेता कार्यकताहरूलाई आग्रह गरेका छन् । जीवनमा सरलताको छुट्टै महत्व हुने बताउँदै नेता आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा आउँदा अनावश्यक सम्मान आवश्यक नहुने बताए ।
मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताउनु भएको हो । पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रता बीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए ।
मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको भन्दै नेता पौडेलले जनताको बहुदलीय जनवादका अलग अलग विशेषतालाई नागरिकबीच पु¥याउन आफू निरन्तर लागेको बताए । भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उनले बताए ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६