प्रदेश

पाल्पाको रिब्दिकोटमा १२ वर्षीया बालिकामाथि करणी गर्ने युवा पक्राउ



१३ असार पाल्पा ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा १२ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । रिब्दिकोट–६ का स्थानीइ ३१ वर्षीय भक्तबहादुर झेडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यही असार ७ गते स्थानीय जङ्गलमा लगेर बालिकालाई ललाईफकाई गरी करणी गरेको प्रहरीले जनाएको छ । बालिकाले घटना बारे आफ्नो परिवारलाई बताएपछि असार १२ गते आइतबार प्रहरीमा उजुरी परेपछि झेडीलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६