प्रदेश

अन्तर्घात गर्ने १०४ जना नेता कार्यकर्तासँग बाँके काँग्रेसले स्पष्टीकरण सोध्ने निर्णय



असार १२ बाँके ।
हालै सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको ठर गरेर नेपाली कांग्रेस बाँकेले १०४ जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाँकेको बैठकले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै १०४ जना नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
अनुशासन समितिका संयोजक टझ्कप्रसाद काफ्ले आशिषले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको निवेदन सिफारिसका आधारमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताउनुभयो ।
उहाँले अनुशासन समितिमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार, वडा कार्यसमिति तथा क्षेत्रबाट निवेदन सिफारिस भएका आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४(४)(ङ) बमोजिम ७ दिने स्पष्टीकरण माग गरिने जानकारी दिनुभयो ।
स्पष्टीकरण सोधिनेमा सबैभन्दा बढी डुडुवाका ४७ जना छन् । यस्तै नेपालगञ्जका १६ जना, नरैनापुरका १४ जना, राप्तीसोनारीका ८ जना, खजुराका ७ जना, कोहलपुरका ६ जना र बैजनाथका ६ जना छन् । संयोजक काफ्लेका अनुसार नेपाली कांग्रेस बाँकेको सहसचिव विनोदकुमार थारुलाई पनि स्पष्टीकरण सोधिने भएको छ । उहाँविरुद्ध पनि निवेदन परेको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६