प्रदेश

पहिरो हटाएपछि सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी सञ्चालन




असार १४
अविरल वर्षाले ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको पहलमा सडकमा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
गएरातिदेखि परेको वर्षाका कारण सो राजमार्गको पानी मिल, जडिबुटी तथा सिद्धबाबा क्षेत्रको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेको थियो । पानी पर्न छाडेपछि सडकमा खसेको पहिरो हटाएर बाटो एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय पाल्पाले मङ्गलबार विहानैदेखि पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तर वर्षा भएका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको थियो ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६