जीवनशैली

शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा




असार १४
कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्याङ्कअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ ।
अहिले पनि शिवराजका एक हजार ९११ जना युवा वैदेशिक रोजगारमा कार्यरत छन् भने अन्य युवा स्वदेश फर्किसकेका छन् । ११ वटा वडा रहेको शिवराजमा वैदेशिक रोजगारको समग्र सङ्ख्यालाई तुलना गर्दा वडा नं ११ बाट सबैभन्दा बढी ३०८ जना युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।
त्यसैगरी वडा नं २ बाट २६६ र ४ र ५ बाट क्रमशः २४५ र १४७ जना युवा विदेश गएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै सबैभन्दा कम ६ बाट ८४ विदेसिएको तथ्याङ्कमा देखिएको छ । उक्त तथ्याङ्कमा आधारित रहेर हेर्दा समग्र शिवराजको जनसङ्ख्याको चार प्रतिशत वैदेशिक रोजगारमा गएको देखिन्छ ।
नगरको वैदेशिक रोजगारीसम्बन्धी पाश्र्व चित्र विमोचन कार्यक्रममा नगरप्रमुख अजय थापाले युवालाई रोजगारका लागि विदेसिने बाध्यतालाई न्यूनीकरण गर्न नगरभित्र समय अनुकूलको रोजगारको व्यवस्था गरिने बताउनुभयो । वैदेशिक रोजगारका कारण र युवाको आवश्यकतालाई पहिचान गरेर स्वदेशमै रोजगारको अवसर प्रदान गर्न सके पलायन हुनबाट रोक्न सकिने बताउनुभयो । युवालाई स्वदेशमै टिकाइराख्नका लागि सीप सिक्ने अवसर दिनुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताउनुभयो । सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याएर मुलुकमै केही गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६