कृषि

कृषिका विद्यार्थीले मनाए धान दिवस




तुलसीपुर, असार १५ ।
बुधबार विहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए । सधैँ ती विद्यार्थीसँग झोला, किताब, कापी र कलम हुन्थ्यो तर आज धान दिवस मनाउने दिन ती वस्तु थिएनन् । धान दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका, मेट्रो कलेजले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ देवीस्थानमा भीमबहादुर योगीको खेतमा धान रोप्ने प्रबन्ध गरिएको थियो ।
किसानलाई मलको हाहाकार परिरहेका बेला कृषि सामग्री केन्द्रका प्रमुख, नगरप्रमुख, राष्ट्रिय सभाका पूर्व सदस्यसहितको टोली किसानको खेतमा धान रोप्न पुगेको थियो । नगरप्रमुख, शिक्षकसहित विद्यार्थीहरु रमाउँदै धान रोपेका थिए । कृषि विषय पढ्दै गरेका उषा पौडेल सधैँ कलेजमा धानका बारेमा पढ्दै गरेको तर आज धान रोप्ने अवसर मिलेकोमा खुसी देखिनुहुन्थ्यो ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको १९ औँ धान दिवस तथा रोपाइँ महोत्सवमा पुगेको नगरप्रमुख टीकाराम खड्काले पछिल्लो समयमा रैथाने प्रजातिका धान लोप हुँदै गएकाले पालिकाले केही वडामा सहकारी संस्थाहरुसँग समन्वय गरेर बीउ प्रशोधन केन्द्र तयार पारेको बताउनुभयो । उहाँले किसानहरु रासायनिक मलमा मात्रै निर्भर नभई जैविक मल समेत खेतबारीमा प्रयोग गर्न आग्रह गर्नुभयो । नगरप्रमुख खड्काले पालिकाले केही दिनभित्रै बजार क्षेत्रबाट निस्कने गल्ने फोहोरलाई मेसिनबाट जैविक मल तयार पार्न थालिएको बताउनुभयो ।
कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले किसानलाई रोप्ने समयमा पर्याप्त मल दिन नसके पनि धान रोपेको केही दिनमा आवश्यक पर्ने मल दिन सकिने बताउनुभयो ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६