प्रदेश

आज दिउँसो पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना




असार १६,
काठमाण्डौ : कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी, प्रदेश(१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाण्डौमा भने झरी रोकिएको छ । तर, दिउँसो फेरि पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।
बेलुकीपख भने ठूलो पानी नपर्ने उहाँले बताउनुभयो । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६