कृषि

१९ धान दिवसमा रोपाई महोत्सव




१६ असार ।
प्रयास पोख्रेल कपिलवस्तु ।
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कपिलवस्त स्थि कृषि ज्ञान केन्द्र र १० वटै पालिकाले मनाएको छ । दिवसका अवसरमा जिल्लाको कृषि ज्ञान केन्द्र र १०वटै पालिकाले खेतमा धान रोपाई पछि दही चिउरा खुवाएर मनाइएको हो । ‘ धान बालीमा जैबिक बिबिधताको उपयोग आयता प्रतिस्थापनमा सहयोग ’ भन्ने नाराकासाथ धान दिवस मनाईएको थियो ।
कृषि ज्ञान केन्द्रले दिवसमा अवसरमा मायादेबी गाउपालिका– ६ स्थित कृषक रावबेन्द्र चौबेको खेतमा धान रोपाई गरेको थियो । धान रोपेर कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले खाधान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता ब्यक्त गरे । देशको श्रम शक्ति बिदेशिएका र मल सिंचाईको असुबिधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनु पर्ने उनले बताए ।
यसैबिच कपिलबस्तुको वाणगंगा नगरपालिका वडा न. ३ भक्तौलीमा पनी खेतमा धान रोपेर असार १५ मनाइएको छ । अखिल किसान महासंघ वाणगंगा नगर कमिटीको आयोजनामा धा रोपाइ कार्यक्रम सम्पन्न गरीएको हो ।
कार्यक्रममा वाणगंगा कृषी साखा प्रमुख लेस बहादुर जि.सीले रोपाइँ ढिलो हुनुको अर्को कारण कृषकले समयमा मल नपाउनु रहेको बताउनुभएको छ । प्रमुख अतिथीको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कतिपय किसानले बिउ तयार भइसके पनि रासायनिक मल नहुँदा रोपाइँ सुरु गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । यो वर्ष युरिया मलको चरम अभाव रहेको र डीएपी र पोटास केही आए पनि त्यो किसानको लागि पर्याप्त नभएको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रमा नगर सधै किसानको साथमा रहेको असार २० देखी २५ सम्ममा मल आइपुग्ने आश्वासन समेत दिनुभयो । कार्यक्रममा अखिल किसान महासंघ जिल्ला कमिटी सचिव नारायण पन्थि, एमाले नगर कमिटी सदस्यद्धय लोकनाथ पोख्रेल र लक्ष्मण आचार्य, एमाले वडा न. ३ का अध्यक्ष खगेन्द्र घिमीरे, कृष्ण बि.क पालिका सदस्य तथा वडा प्रतिनीधी गंगा सुनार लगायतको उपस्थिती रहेको थियो । अखिल किसान महासंघ वाणगंगा नगरपालिकाका अध्यक्ष महेन्द्र ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६