अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा




असार १६,
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिनुभएको छ । बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उहाँले राजीनामा दिनुभएको हो । सामाजिक सञ्जालबाट उहाँले मुख्यमन्त्री पद त्यागेको घोषणा गर्नुभएको छ । साथै उहाँले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताउनुभएको छ ।
ठाकरे भारतको शिवसेनाका प्रमुख हुनुहुन्छ । बहुमत परीक्षण गर्न आज विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाउनु भएको छ ।
ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताउनुभएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६