कपिलवस्तु, १७ असार । भारतबाट ल्याइएका अवैध मानिने १८ सय कुखुराका चल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ ।
भारतीय कुखुराको चल्ला नेपालमा प्रतिबन्ध रहेपनि दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश गराइएको छ । त्यस्तै अवैध मानिने चल्ला बिहिबार राति कृष्णनगर नगरपालिका १ मडहामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
पक्राउ परेका चल्ला १ लाख ८० हजार बराबर रहेको प्रहरी मुचुल्कामा लेखिएको छ । उक्त चल्ला प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । बोइलर कुखुराको चल्ला ल्याउने मानिस भने फरार रहेको र तीनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
पक्राउ परेको चल्लालाई पशु स्वास्थ्य सेवा एन २०५५ तथा नियमावली २०५६ बामोजिम कृष्णनगरस्थित सुरही खोलामा खाल्डो खनेर सोही खाल्डोमा चल्लालाई राखेर नष्ट गरिएको छ ।
प्रतिक्रिया