प्रदेश

बाणगंगाले सार्वजनिक गर्यो डेढ अर्वको बजेट : जिल्लाको पहिलो बालश्रम मुक्त नगर घोषित



हरि घिमिरे

कपिलवस्तु १७ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामि आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाबाट आगामि आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो । आगामि आर्थिक बर्षका लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत सार्वजनिक गरेको हो । बाणगंगा एकको मायादेवी रिर्सोटमा भएको ११ औं नगरसभामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उक्त बजेट प्रस्तुत सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, लअनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट बनेको हो ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ । प्रस्तुत बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको छ । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ ।

तस्बिरः प्रेसपाटी अनलाईन

वाल श्रम मुक्त नगर घोषणा
बाणगंगा नगरपालिकालाई सोहि नगरसभामै वालश्रम मुक्त नगर घोषणा गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा बाल श्रम मुक्त नगर घोषणा हुनेमा पहिलो भएको छ । महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नगरपालिकामा बाल श्रमको तथ्यांक तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्पुर्ण प्रतिवद्धता वाचन गरि हस्ताक्षर सहित नगर प्रमुख अर्यालले वाल श्रम मुक्त नगर घोषणा गर्नुभएको हो । ११ वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको नगरपालिकाले जनाएको छ । बालश्रम मुक्तका लागि चाहिने सबै सूचक पूरा भएसंगै बाणगंगालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले समयमै बजेट सार्वजनिक गर्न सफल भएको भन्दै बजेटको शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बाणगंगाको विकासका लागि राजनीतिक स्वार्थ भन्दा माथि रहेर सबै जनप्रतिनिधि, संघ संस्था तथा नगरवासी एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले बाल श्रम मुक्त नगर घोषणा भएर मात्र नहुने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ठ अतिथि प्रदेश सांसद बिष्णु पन्थीले समग्रमा स्रोत र साधनको आधारमा बजेट उत्कृष्ट रहेकाले कार्यान्वयनको पाटो महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पनि स्थानीय तहको विकासका लागि अहम भुमिका निर्वाह गरेको बताउनुभयो ।

तस्बिरः प्रेसपाटी अनलाईन

बाणगंगाले छुट्ययो मिडियालाई ४७ लाख
कपिलवस्तुको बाणगंगा नगरपालिकाले मिडियाको ४७ लाख बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९÷८० को लागि बजेट बिनियोजन हुने क्रममा नगरभित्रका मिडिया ब्यवस्थापन तथा अन्य सूचना, समाचार विज्ञापन प्रसारणको लागि नगरपालिकाले सो बजेट छुट्याएको हो ।
शुक्रबार एघारौँ नगरसभामा प्रस्तुत भएको बजेट पुस्तिकामा भनिएको छ ‘नगरभित्रका टेलिभिजन, दैनिक, साप्ताहिक पत्रिका, सामुदायिक रेडियो, अनलाइन मिडियाको समन्वयमा नगर गतिविधि प्रचार प्रसार गर्न तथा समन्वय गर्नको लागि रु १७ लाख र बिभिन्न मिडियाहरुको ब्यवस्थापन एवम् पत्रकार महासंघको भौतिक संरचना निर्माण गर्न लगायत कार्यको लागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।’

तस्बिरः प्रेसपाटी अनलाईन

सोही अवसर पारेर नगरपालिकाले उत्कृष्ट काम गर्ने नगरका कर्मचारी, उत्कृष्ट किसान, राम्रो काम गर्ने संघ संस्था, क्रियाशिल पत्रकारलाई सम्मान गरेको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज, विद्यालय, सामुदायिक वनका प्रमुख तथा प्रतिनिधिहरुले सुझाव सहित मन्तब्य राखेका थिए । बजेट सार्वजनिक कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६