प्रदेश

लुम्बिनीले गर्ने भयो स्थानीय मदिराको बजारीकरण



रुपन्देही, १८ असार । लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेयपदार्थ (स्थानीय रक्सी) को बजारीकरण गर्ने तयारी गरेको छ । कोदो, मौवा, अनदी, कुरीलोबाट पेय पदार्थ उत्पादन गरि त्यसको बजारीकरण गर्ने भएको हो ।

प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थको उत्पादन, प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्य्यन समेत गरेको छ ।

मन्त्रालयले बिज्ञहरुसँग छलफल गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको हो । भदौ महिनादेखि प्रदेशका ४ स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभयो ।

केसीले भन्नुभयो– ‘यसले आत्मनिर्भर बनाउछ भने, मानिसहरु आफ्ना उत्पादनलाई थप गुणस्तरिय बनाउनेछन्, पहिलो चरणमै यसबाट करिब पाँच लाखले रोजगारी पनि पाउँछन् ।’

मगर, थारु, गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा ,अनदीको चामल, कुरीलो , मकै, शालको मुनाबाट उत्पादन गर्ने पेयपदार्थलाई बजारिकरण गर्ने पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनलाइ सम्मान पनि हुने र अर्थतन्त्रमा यसले निकै ठूलो भूमिका खेल्ने उहाँको भनाइ छ । यसबाट करिव पाँच लाख जनामा रोजगारी सृजना हुने उँहाले बताउनुभयो । प्रदेश सरकारले दाङ, रोल्पा, पाल्पा, रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण गरिनेछ ।

यसका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटका थपब्यवस्थापन गरिने पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले थालेको यो कामलाइ कतिपयले आलोचना गरेपनि यसले आर्थिक उपार्जन र स्थानीयलाइ आम्दानी गर्न सहज हुने अनुमान गरिएको छ ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६