प्रदेश

गुल्मीमा जेठाजुद्वारा सहोदर भाइबुहारी बलात्कृत




तम्घास, १८ असार । गुल्मीमा सहोदर बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा असार १४ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६