प्रदेश

सानीभेरीमा गाउँमै पुगेर गर्भ जाँच




असार १९,
रुकुम पश्चिम – रुकुम पश्चिमको ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर गाउँमै भिडियो एक्सरेमार्फत गर्भ जाँच गरिएको छ । सानीभेरी गाउँपालिकाको विभिन्न चार ठाउँमा एक सय ६ महिलाको गर्भ जाँच गरिएको हो । नियमित गर्भ जाँच गर्नबाट वञ्चित रहेका महिलाहरूलाई लक्षित गरेर गाउँमै सेवा दिइएको हो ।
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका १ को चाईनाबगरमा १५, गाउँपालिका २ को गिठाकोटमा २२, गाउँपालिका १० को अर्मामा २६ जना र गाउँपालिका ७ को छोटेबगरमा ४६ जनाको गर्भ जाँच गरिएको जिल्ला अस्पताल सल्ले रुकुमका अस्पताल नर्सिङ निरीक्षक प्रेमा केसीले जानकारी दिनुभयो ।
ग्रामीण भेगका महिलाहरू सुगम ठाउँमा गर्भ जाँच गर्न जान नसक्ने भएकोले गाउँमै गएर अल्ट्रासाउन्ड मार्फत गर्भ जाँच गरिएको नर्सिङ निरीक्षक केसीले बताउनुभयो । जाँचका क्रममा ११ जना महिलाको पेटको बच्चा उल्टो भेटिएकोले आवश्यक परामर्शसहित रेफर गरिएको उहाँले बताउनुभयो ।
अल्ट्रासाउन्ड मेशिन र तालिम प्राप्त जनशक्तिको अभावका कारण धेरैजसो महिलाले भिडियो मार्फत गर्भ जाँच सेवा लिन पाएका छैनन् । गर्भ जाँच गराउन आएका धेरैजसो महिलाले पहिलो पटक आफ्नो पेटको बच्चाको भिडियोमार्फत जाँच गरेको बताएका छन् । भिडियोमार्फत बच्चा र आफ्नो समेत स्वास्थ्य अवस्था जान्न पाउँदा उनीहरूले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : १९ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६