कपिलवस्तु २८ असार । कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा असारको अन्तिम हप्ता सुखद क्षणका रुपमा स्थापित भएको छ । यसै हप्ता जीतपुर ४ नम्वरमा रहेको युनाइटेड हस्पिटल बाणगंगा ४ कपिलवस्तुले ५० सैयाको अस्पताल संचालन अनुमती पाएको छ । मन्त्री इन्द्रजित थारुले स्वास्थ जनसंख्या तथा परिवार कल्याण मन्त्रालय बुटवलमा युनाइटेड अस्पताल संचालकलाई अनुमति पत्र प्रदान गर्नु भएकोहो ।
यता २ बर्षको लगातार मिहिनेत पछी बिजयनगरको सपना पनि यसैहप्ता पुरा भएको छ । सुबिधा सम्पन्न १५ सैयाको हस्पिटल निर्माणका लागि१८ करोड १६ लाख ७१ हजारको श्रोत सुनिश्चत गरि काम अघि बढाउन मन्त्रालयले पत्राचार गरेको छ । उक्त काम २०८१ भित्र पुरा हुनेछ ।
प्रतिक्रिया