अन्तर्राष्ट्रिय

अमेरिकी महादीपमा मात्रै पाइने लोपोन्मुख कालोगिद्ध लुम्विनी प्रदेशमा भेटियो




नवलपरासी ३१ असार । एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।यो प्रजातिको गिद्ध अमेरिकी महादीपमा मात्रै पाइने गरेको उहाँको भनाइ छ । यो गिद्ध अहिले नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा छ । उक्त गिद्धलाई संरक्षण गर्नका लागि पहल भइरहेको गिद्ध रेष्टरेन्टका अध्यक्ष डीवी चौधरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार विश्वमा १७ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा ६ स्थानीय र चार घुमन्ते प्रजातिका गिद्ध रहेको चौधरीले बताउनुभयो । नेपालमा लोपोन्मुख अवस्थामा रहेका गिद्ध सानो खैरो, डंगर र सुन गिद्ध रहेका छन् । अघिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालभर सानो खैरो गिद्धको संख्या ६० मात्रै थियो ।
सानो खैरो गिद्ध विश्वबाट नै लोपोन्मुख अवस्थामा पुगेको गिद्ध हो । गत वर्ष दाङ जिल्लामा गरिएको गणनाअनुसार देउखुरी क्षेत्रमा एक वटा, शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ मा रहेको विष्णुपुरा सामुदायिक वनमा एक वटा र रामपुरको चरिङगे दह रहेको सामुदायिक वनमा एक वटा गरी जिल्लाभर ४ वटा संख्यामा गिद्ध रहेको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६