कपिलवस्तु २ साउन।कपिलवस्तुको महाराजगंन गरपालिका– ११ बेलनदीको किनारमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन । महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा मृत अवस्थामा फेला परेकी हुन । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरी नायब उपरिक्षक जेशी शाहले बताए ।
यता रूपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। देवदह नगरपालिका–८ का ११ वर्षीय सुमन थापाको मृत्यु भएको देवदह प्रहरीले जनाएको छ। देवदह नगरपालिका बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा डुबेर मृत्यु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। थापा आइतबार साथीहरूसँगै पौडी खेल्ने भन्दै उक्त बाँधमा पुगेका थिए। तर दिउँसो बाँधमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ । असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छत्रदेव गाउँपालिका–४ का वडाध्यक्ष भिमलाल खनालले जानकारी दिए । लडेर गम्भीर घाइते भएका खनालको टाउकोमा चोट लागेको थियो ।
२ श्रावण २०७९, सोमबार
प्रतिक्रिया