कृषि

दाङमा सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती



साउन ३,
दाङ – दाङमा सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको कुरिलो खेती गर्न सुरु गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनको २ हेक्टर खाली जग्गामा ६ हजार २ सय कुरिलोको बेर्ना लगाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको ५ लाख रुपैयाँ र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताहरुको सहभागितामा ६ हजार २ सय कुरिलोको बेर्ना रोपिएको छ । अहिले लगाएको कुरिलोका बेर्नामध्ये २५ प्रतिशत मर्न सक्ने आँकडा अनुसार ४ हजार ५ सयभन्दा बढी बिरुवा हुर्कने अनुमान कार्यालयको छ ।
प्रति १० वटा बोटबाट एक किलो कुरिलो सङ्कलन हुने र एउटा बोटबाट वर्षमा कम्तीमा तीन पटकसम्म उत्पादन लिन सकिने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६