प्रदेश

बाँकेमा करिब छ करोडको चोरी पैठारीको सामान बरामद



नेपालगञ्ज, साउन ३ ।
प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाइ गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
बरामद गरेको सामान यति धेरै मूल्यको छ भने नियन्त्रणमा लिन नसकेको सामान कति भित्रिए होला भनेर आफैँ अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले पाँच करोड ९० लाख ५४ हजार रुपियाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा साढे दुई करोडको अवैध मालसामान बरामद गरिएको थियो भने गत वर्षमा त्यसको दोब्बर बढी अवैध सामान बरामद गरेर प्रहरीले उत्कृष्ट काम गरेको छ । सो अवधिमा भन्सार चोरी पैठारी गर्ने ५३ जना भरिया र तस्कर पनि पक्राउ गरिएको एसपी अधिकारीले बताउनुभयो ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६