अर्थ-वाणिज्य

रोपेका धान मर्न थाले अझै ४० प्रतिशत रोप्नै बाँकी

२५ दिन देखि पानी परेन




कपिलवस्तु ३ साउन । पछिल्लो २५ दिन देखि पानी नपर्दा कपिलवस्तुका कृषकहरुले खेतमा रोपेको धान डढन थालेको छ । गत असार १५ र १६ गते पानी परे पछि कृषकहरुले धमाधम रोपाई गरेका थिए । सिचाई सुबिधा हुने कृषकले त्यस अघि नै रोपाई गरेको थिए । सिचाई सुबिधा भएका बाणगंगा, बुद्धभुमी बाणगंगा नगरपालिका र मायादेबी र सुद्धोदन गाउपालिकाका कृषकहरुले खेतमा ७० देखि ९० प्रतिशत रोपाई सकेका छन ।पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छ । यस्तै पानी र सिचाई अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाई हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । लामोे खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि कपिलवस्तुका कृषकहरु चिन्तित बनेका छन । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खडेरीले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् ।
यो वर्ष धान उत्पादन घट्ने कृषक संघका जिल्ला अध्यक्ष चर्तुृभुज मणि त्रिपाठीले बताए । तौलिहवाका कृषक घाउ राका यादवले मलको अभाव बिच पम्पसेटले पानी तानेर लगाएको धान खेत अहिले भने सुखेर ढडन थालेको बताए । लगानी जति सबै खेर जाने चिन्ताले पिरोलिएका कृषक घाउराका यादव अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन ।लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुन थाले पछि घाउराका यादव जस्तै कपिलवस्तुका अधिकांस कृषकहरु चिन्तामा छन । कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रबिन्द्र चौबेले लामो सयमको खडेरीले धान खेतीमा ठुलो असर गरेको बताए । उनका अनुसार जिल्लामा अहिले सम्म ६० प्रतिशत रोपाई सकेको र ४० प्रतिशत बाकी रहेको छ ।
जिल्ला कै प्रमुख बालीमा अहिले खडेरीले गर्दा किसानहरुले ठुलो नोक्सानी ब्यहार्ने देखिएको उनले बताए । उनका अनुसार जिल्लामा बाहै मासे जम्मा २० प्रतिशत क्षेत्रमा मात्र सिचाई सुबिधा रहेको छ । जिल्लाका अधिकांस कृषकहरु आकाशे पानी कै भरमा खेती गर्छन ।जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खती गरिन्छ । जसबाट प्रति हेक्टर ३ दशमलव ९ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने गरेको छ । गत बर्ष पनि कृषकहरुले बेमौसमी बर्साले धान खेतीमा ठुलो नोक्सानी ब्यहोरेका थिए । सरकारले त्यसको क्षतिपुर्तिका लागि लगन संकलन गरे पनि हाल सम्म उपलब्ध नगराएको कृषकहरुक

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६