प्रदेश

पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न एमालेको माग



काठमाडौं, ४ साउन । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो ।
वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने उल्लेख गरेको छ । साथै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भन्ने व्यवस्था पनि गरिएपछि बिभिन्न अस्पतालले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको घोषणा गरेका छन् ।

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

उनले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न सरकारसँग माग गरेका छन् । साथै बजेट वक्तव्यमार्फत् आएको नीति फिर्ता लिन ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६