खोज–अनुसन्धान

महिलाहरुको आवश्यकता पहिचान गरि आत्मनिर्भर : चौधरी




कपिलवस्तु ४ साउन ।वाणगंगा नगरपालिका उपमेयर रिता चौधरीले वाणगंगा नगरका सबै समुदायका महिलाहरुको आवश्यकता पहिचान गरि सिपमुलक तालिम प्रदानले आत्मनिर्भर गराउदै लैजाने बताउनु भएको छ। महिला अधिकारमञ्च कपिलवस्तुको चौथो अधिवेशन तथा भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । महिलाहरुका थुप्रै समस्याहरु छन , कतिपयलाई अधिकारको बारेमै थाहा छैन, कतिपय महिलाहरु हिंसा खेप्न बाध्य छन, ति महिलाहरुलाई सचेतिकरण गर्ने अधिकारका बारेमा जानकारी गराउने काम नगरपालिकाले गर्ने छ , उपमेयर चौधरीले भन्नु भयो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहिले महिला र वालवालिकाको क्षेत्रमा संस्थाले काम गर्दै आएको बताउनु भयो । महिलाहरु आफै आत्मनिर्भर हुदा उनीहरुमाथि हिंसा कम हुने भन्दै त्यस प्रकारका कार्यक्रमहरु नगरपालिकाले ल्याउनु पर्ने जनाउनु भयो । अधिकारका लागि महिलाहरु संगठित हुदै जानु पर्ने उहाँको धारणा थियो । कार्यक्रममा मञ्चका पुर्व केन्द्रीय सचिव चेतना अधिकारीले अधिकार मञ्चको काम कर्तव्यको बारेमा जानकारी गराउदै आगामी दिनमा मञ्चले गर्नु पर्ने कामको बारेमा स्पष्ट पार्नु भएको थियो ।
मञ्चका अध्यक्ष राधा पाण्डेको अध्यक्षता , सचिव पबित्रा बिकको सञ्चालनमा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज पार्वती पाण्डे , सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष इन्दीरा भट्राई , एकल महिला समुहका अध्यक्ष रुपा राई , अधिकारकर्मी गीता भुषाल , सीता न्यौपाने , शोभा आचार्य , रिता पाण्डे लगायतले लैंगिक हिंसा न्युनिकरणका लागि सबै एक जुट भएर अभियान चलाउनु पर्ने बताउनु भएको थियो । आईएमको सहयोग एवं सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा संस्थाकै भवन जितपुर ४ नं मा कार्यक्रम भएको हो । ः
तस्विर ः

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६