कपिलवस्तु ४ साउन ।महिला अधिकार मञ्चको जिल्ला अध्यक्षमा पबित्रा बिक सर्वसम्मत निर्वाचित हुनु भएको छ । मञ्चको चौथो अधिबेशन तथा भेलाबाट बिक निर्वाचित हुनु भएको हो । नवनिर्वाचित उपाध्यक्षमा लक्ष्मी अधिकारी , सचिवमा रिता पाण्डे , सहसचिवमा राधा बरई , कोषाध्यक्षमा लक्ष्मी हमाल रहनु भएको छ । समितिको सदस्यहरुमा दिपा खनाल, पम्फा खनाल , रुपा पालुंगे मगर , सुनिता सेन , विष्णु ज्ञवाली ,शोभा गौतम , भगवती अधिकारी , शुसिला घिमिरे , सबिता खनाल, के.सी. , धनु थारु , राधिकार पन्थ पौडेल सर्बसम्मत निर्वाचित हुनु भएको हो । नव निर्वाचित अध्यक्ष बिकले महिला अधिकारको लागि आफु निरन्तर लाग्ने र अन्यायमा परेका महिलाहरुलाई न्यायमा पहुँच दिलाउने प्रतिवद्धता जनाउनु भएको छ ।
४ श्रावण २०७९, बुधबार
प्रतिक्रिया