गण्डकी

पोखराका मेयर आचार्यको सम्पत्ति बिबरण सार्बजानिक



कास्की ५ साउन – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको हो ।
मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख छ । ऋण घटाउँदा पनि उहाँसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६ सय १६ रूपैयाँ छ ।
मेयर आचार्यको सबैभन्दा धेरै रकम शेयरमा छ । विभिन्न कम्पनीमा शेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रूपैयाँ रहेको उल्लेख गर्नुभएको छ । उहाँको सबैभन्दा धेरै शेयर जलविद्युत् आयोजनामा रहेको छ । त्यस्तैगरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा ८७ लाख रुपैयाँ पर्ने जग्गा छ ।
उहाँले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको विवरण दिनुभएको छ । पोखरा–९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाण्डौको सीतापाइलामा श्रीमतीकै नाममा १ करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ । त्यस्तै उहाँले ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६