जीवनशैली

सुनौली नाकामा दैनिक ८–१० जना संक्रमित फेला



रुपन्देही ५ साउन – भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेहरुमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण पाइने गरेको छ । नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।
बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा मंगलबार ९ जना र बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई जना नेपाली रहेको र अन्य भारतीय नागरिक रहेको शाहले बताए । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी सीमा क्षेत्रमा कोरोना संक्रमित पाइएका हुन् । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगर गरी २४ जनामा संक्रमण पुष्टि भएको शाहले बताए । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् ।
सीमा नाकामा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण गरेपछि संक्रमितहरुलाई राख्न प्रयोग गर्नुपर्ने होल्डिङ सेन्टरको अभाव महसुस भइरहेको हेल्थ डेस्कका कर्मचारी बताउँछन् । होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यसरी घर पठाउँदा बाटोमै अन्यलाई संक्रमण सर्ने खतरा रहने भए पनि होल्डिङ सेन्टर नहुँदा अर्को विकल्प नभएको उनीहरु बताउँछन् ।
बुधबार नाकामा परीक्षण गरिएकामध्ये दुई नेपालीमा संक्रमण पाइएको थियो । चितवन र धरान घर भएका ती दुवैलाई होल्डिङ सेन्टर नहुँदा आफै सवारी व्यवस्थापन गरेर जाने गरी घर पठाइएको छ । संक्रमण पाइएका भारतीयलाई भने भारततिरै फर्काउने गरिएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६