६ साउन
अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ । ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उहाँले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताउनुभएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोनाविरुद्धको बुष्टरमात्रा समेतको खोप लगाइसक्नुभएको छ ।
६ श्रावण २०७९, शुक्रबार
प्रतिक्रिया