प्रदेश

बेलहिया नाकाको निरीक्षण



भैरहवा, ७ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानसहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थित गर्न र कोभिड सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।
नगरप्रमुखसहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादवलगायतले बेलहिया नाकाको निरीक्षण गर्नुभएको हो ।
कोभिड सङ्क्रमणको दर निरन्तर उकालो लागिरहेको बेला सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजेन, पीसीआर परीक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
त्यस्तै, पैदलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत आग्रह गरिएको थियो ।
त्यस्तै, सवारी साधनसहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नुपर्ने भएकाले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने उहाँले बताउनुभयो । सवारी साधनको सहज सुविधाले मात्रै त्यस्ता पर्यटकले दुःख नपाउने उहाँले बताउनुभयो ।
हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर पाँच पु¥याउन आग्रह गरिएको छ । कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको व्यवस्थापन चुस्त बनाइने नगर प्रमुख खानले बताउनुभयो । उहाँले अहिले तेस्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुँदा भारतीय पर्यटक र भारतबाट काम गरी फर्किने नेपालीलाई लक्षित गरी चेकजाँचलाई तीव्र बनाउने बताउनुभयो ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६