प्रदेश

वर्षदिन पनि टिकेन सडक



बुटवल, ७ साउन । रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।
सडक अनुगमन गर्ने गाउँपालिकाका इन्जिनियरको लापरबाहीका कारण सडक भत्किएको आरोप स्थानीयको छ । गैडहवा–९, मन्द्रानी टोलदेखि वडा कार्यालय जाने सडक आर्थिक वर्ष २०७७र ७८ को बजेटबाट निर्माण भएको हो । करिब २५ लाख बजेटमा निर्माण भएको हो । स्थानीयले सडक कमसल निर्माण भएको विषयमा पटक पटक इन्जिनियरलाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको गुनासो गरेका छन् ।
स्थानीय रामअवधेश यादवले सडक भत्किनुमा इन्जिनियरको समेत मिलेमतो रहेको बताउनुभयो । सडक निर्माण गर्दा कम्पनीले कमसल बिटुमिन प्रयोग गरेको आरोप स्थानीयको छ । गैडहवा गाउँपालिकाका इन्जिनियर रमेश यादवले एक वर्षअघि निर्माण भएको सडक पुनः निर्माणका लागि लक्की डिजाइनर्स एन्ड बिल्डर्सलाई ताकेता गरेको बताउनुभयो ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६