प्रदेश

लुम्बिनीमा एक वर्षमा ९५ हत्याका घटना, ३८४ बलात्कार



बुटवल ७ श्रावण । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरि आर्थिक वर्ष २०७८र७९ को असार मशान्त सम्म कुल ९५ वटा हत्या घटना र ३८४ वटा बलात्कारका घटनाका मुद्दा प्रहरीमा दायर भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ती दुई अपराध घटनाको विवरण पठाएको हो । सो कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बीरदत्त पन्तले दिएको विवरण अनुसार सबै भन्दा बढि बलात्कारका घटना हुने जिल्लामा दाङ्ग ८३ वटा , रुपन्देही ७० वटा, बर्दिया ५० वटा , बाँके ४६ वटा र कपिलवस्तु ३१ र नवलपरासी ९ पश्चिम ० मा २० वटा बलात्कारका मुद्दा परेका छन् ।
यसबाट बलात्कार घटना पहाडी जिल्लाको तुलनामा तराईमा बढि छन भन्ने देखाउँछ । तर पाहडी जिल्ला मध्ये सबै भन्दा बढि बलात्कार घटनाको मुद्दा पाल्पामा यस आर्थिक वर्षमा २४ वटा दर्ता भएको छ ।
त्यस्तै रोल्पामा १९ , प्युठानमा १८ , गुल्मीमा १५ , अर्घाखाँचीमा ४ र रुकुम ९ पुर्व ० मा ४ वटा बलात्कार मुद्धा परेका छन् । त्यस्तै कर्तब्य मुद्दा ९ब्यक्ति हत्या ० पनि तराईका जिल्लामा बढी देखिएका छन् । जस मध्ये सबै भन्दा बढी रुपन्देहीमा २७ वटा हत्या घटनाका मुद्दा दर्ता भएका छन् ।
कपिलवस्तुमा १६ वटा , दाङ्गमा १४ वटा , बाँकेमा १३ , नवलपरासी ९ पश्चिम ० मा ६ , बर्दियामा ४ वटा हत्या घटनाका मुद्धा दर्ता भएका छन् । त्यस्तै पहाडी जिल्ला प्युठानमा ५ , रोल्पामा ४ वटा , गुल्मी र अर्घाखाँची ३÷ ३ वटा हत्या घटनाका मुद्धा दर्ता भएका छन् ।
तर पाहडी जिल्ला पाल्पामा भने यस आर्थिक बर्ष हत्या घटनामा शुन्य देखिएको छ । यस अवधीमा प्रदेशभर ६२४ वटा भवितब्य ज्यान शिर्षकमा मानिसको मृत्यु भएको छ । फुटकर ज्यान संवन्धि शिर्षकमा २४९ जनाको ज्यान गएको छ । ज्यान सम्बन्धी कसुर मुद्दा १७५ वटा रहेका छन् । गौवध मुद्दा ८ र वेवारिसे ज्यान सम्बन्धी मुद्दा ६ वटा परेका छन् ।
यस अवधीमा ज्यान मार्ने उद्योगका मुद्दा प्रदेशभर १४२ वटा दर्ता भएका छन् । जवरजस्तीकरण्ी उद्योग र ज्यान मार्ने उद्योग मुद्धा बाँके जिल्लामा मात्र एउटा परेको छ । बिष खुवाएर हत्या घटना दाङ्गमा एउटा रहेको छ । गर्भपतन र गर्भ संरक्षण मुद्दा प्रदेशभर ४ वटा परका छन् ।
यस आर्थिक बर्षमा बुढापुराना मानिसहरुलाई अनौठो जस्तो लाग्ने श्रीमानद्धारा श्रीमती बलात्कार मुद्दा प्रदेशभर ३ वटा परेका छन् । गुल्मी, रुपन्देही र बाँकेमा गरि ३ वटा त्यस्ता मुद्दा परेका हुन् ।
त्यस्तै जबरजस्ती करणी उद्योगका मुद्दा प्रदेशभर १२८ वटा दर्ता भएका छन् । बालयौन दुरुपयोगका मुद्दा ३१ वटा र यौन दुव्यवहारका मुद्धा ६ वटा परेका छन् । सबै भन्दा निर्लज्जा अपराध घटना गत आर्थिक बर्षमा कपिलवस्तुमा घट्यो । बृद्धा भाउजुसंग पहिलो पटक सहमतिमा शाररिक सम्पर्क राखेर दोश्रो पटक राख्ने क्रममा भाउजुले प्रतिकार गरेपछि उनको उनै देवरले हत्या गरे ।
अर्को डरलाग्दो अपराध घटना पनि कपिलवस्तु मै घट्यो । त्यस घटनामा तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी, हाल एसएसपीमा बढुवा भएका दानबहादुर कार्की माटोमुनीको अपराध खोतलेर अपराधीलाई कानुनी कठघरामा उभ्याउन सफल भए ।
गर्भवती रहेको र सोही कारणले मरेको भन्दै श्रीमान, ससु्रा लगायतका परिवारको मिलोमोतोमा हत्या गरिेएकी त्यहाँकी एक गर्भवती महिलालाई हत्या पश्चात माटोमा लगेर गाडिएको थियो । हत्या भएको आशंका गरि तत्तकालिन एसपी कार्कीले सरोकारवालाहरु लगेर गाडिएको उक्त शवलाई निकाली अनुसन्धान थालेका थिए र हत्याराहरु पक्राउ गरि कानुनी कठघरामा उभ्याएका थिए ।

प्रकाशित : ७ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६