कपिलवस्तु, ०७ साउन ।
बाणगंगा ९ भर्लाबासमा रहेकोे सिङ्गो वडालाई संरक्षण गर्ने तटबन्धको स्थलगत अनुगमन गरिएको छ । यही असार १३ र १४ गते परेको अविरल बर्षाले उक्त तटबन्धमा क्षति पुराएको थियो । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा नं.९ का वडाध्यक्ष कमल पौडेल, सिचाइ डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुर्शोतम उपाध्याय, बाणगंगाका योजना शाखा प्रमुख शान्ताराज आचार्य लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो ।
मेयर अर्यालले प्राकृतिक विपति जहिले पनि आउन सक्ने भएकाले सबैलाई सचेत रहन आग्रह गर्नुभयो । नगरपालिकाले जनधनको क्षति कम गर्नका लागी विभिन्न समाधानका उपायहरुलाई अवलम्बन गर्ने मेयर अर्यालको भनाई छ ।
अविरल बर्षाको समयमा जोखिमयुक्त ठाउँमा आवातजावत कम गर्न र विशेष सर्तकता अपनाउन आवश्यक रहेको भन्दै उनले तटबन्धले ठूलो क्षति हुनबाट जोगाएको बताए । नदिबाट हुने जोखिम नियन्त्रणका लागि विभिन्न सरोकारवालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले खुशी समेत व्यक्त गरे ।








प्रतिक्रिया