पार्वती पाण्डे
कपिलवस्तु ७ साउन । नेकपाका सस्थापक पुष्पलालको ४४ औ स्मृति दिवस नेकपा एमालेले शनिवार देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । कपिलवस्तुमा पनि एमालेले मदनआश्रित स्मृति भवन तौलिहवामा एक समारोहको अयोजना गरेर यो दिवस मनाएको छ । माक्र्सले लेखेको कम्युनिष्ट घोषणा पत्र पहिलो पटक नेपालीमा अनुवाद गर्दै यसकै आधारमा विसं २००६मा नेपाल कम्यूनिष्ट पार्टी स्थापना गरेका सस्थापक महासचिव पुष्पलालको जीवन दर्शन र योगदानको चर्चा गरिएको अवधारणा पत्र समेत सो अवसरमा प्रस्तुत गरिएको थियो । 
एमालेका जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेले सो अवधारणा पत्र प्रस्तुतगर्दै पुष्पलाल तत्कालिन अवस्थामा राणा शासन र सामन्तवादको अन्त्य चाहाने गणतन्त्र हुदै समाजवादमा जाने कम्युनिष्ट क्रान्तिको कार्यक्रम बनाउने दुरद्रष्टा भएको वताउनु भयो । योगदानका हिसावले पुष्पलाल सधैव प्रात स्मरणीय रहेको उहाले वताउनु भयो

आफ्नो जीवनकालका ५४ वर्षमा विसं २०३५ श्रावण ७ मा मृत्यूवरण गर्नु भएका पुष्पलालको ४४ औ दिवस समारोहमा एमालेका अध्यक्ष डम्मर शर्माले वोल्दै पुष्पलालकै धरातलवाट माथि उठेर मदन भण्डारीले जवज प्रतिपादन गरेको चर्चा गर्नु भयो । पुष्पलालको असल उत्तराधिकारी एमाले भएकाले आज देशकै ठूलो पार्टी बन्न सफल भएको उहाले औल्याउनु भयो । सो अवसरमा एमालेका प्रदेश सचिवालय सदस्य जंजिर प्रसाद थारुले बोल्दै पुष्पलालको सपना समाजवादको स्थापना गरेपछि पुरा हुने वताउनु भयो ।
प्रदेश नेता वावुराम खनालले पुष्पलालले ५ जनावाट शुरुगरेको नेकपा देशकै सर्वाधिक ठूलो पार्टीका रुपमा स्थापित हुने चरण सम्म पुगेको प्रष्टाउनु भयो । यस्तै गरी प्रदेश नेता आजाद अहमद दर्जीले वोल्दै दरवारको विरुद्ध लाग्न कांग्रेसलाई समेत गोलबन्द गर्ने पुष्पलालकै सोच अनुसार देशमा प्रजातन्त्र आएको वताउनु भयो । नेकपा एमालेका सचिव सिवि गहतराजको संचालनमा भएको कार्यक्रममा एमालेका कपिलवस्तु नगर अध्यक्ष श्याम प्रजापतिले स्वागत गर्नु भएको थियो । कार्यक्रममा जिल्लाभरका अगुवा कार्यकर्ता सहभागि थिए ।








प्रतिक्रिया