कपिलवस्तु ८ साउन । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित जिल्ला अस्पतालमा सेवा लिदा चाहिने रगत साउन १ देखि निशुल्क उपलब्ध हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कपिलवस्तु र कपिलवस्तु जिल्ला अस्पताल बिच यस प्रकारको संझौता भएको हो । लुम्विनी प्रदेश सरकारले गरेको घोषणा कार्यान्वयन गर्ने सन्दर्शमा रेडक्रस र अस्पताल बीच विधिवत संझौता भएको हो ।
निशुल्क रगत उपलब्ध हुने संझौता पत्रमा रेडक्रशका अध्यक्ष केशव सिंह र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. किशोर बन्जाले हस्ताक्षर गर्नु भएको छ । संझौता पछि अव कपिलवस्तुवासीले रगत चढाउनु पर्ने केशमा रकम तिर्न नपर्ने गरि निशुल्क उपलब्ध हुने डा. बन्जाडेले वताउनु भयो ।
प्रतिक्रिया