अर्घाखाँची, ०८ साउन ।
अर्घाखाँचीको शितगंगामा पौडी खेल्दा खोलामा डुवेर एक जनाको ज्यान गएको छ । शतिगंगा नगरपालिका वडा नं १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुवेर करीव २० वर्षका बिक्रम खनालको ज्यान गएको हो ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा कपिलवस्तु सामुदायिक अस्पतालमा ज्यान गएको बताइएको छ ।
खोलामा डुवेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि हिजो साँझ नै अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।








प्रतिक्रिया