खोज–अनुसन्धान

३ फरक दुर्घटनावाट ८ को ज्यान गयो




पाल्पा ८ साउन। पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।
यता कपिलवस्तुमा खाल्डोमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका ८ पचगैया बस्ने १८ वर्षीया सिता यादवको घर नजिकको खेतस्थित पानी जमेको खाल्डोमा डुबेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । खेतमा काम सकेर पानी जमेको खाल्डोमा हातखुट्टा धुने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै अर्घखांचीको मालारानी गाउँपालिका–४ मखातका २० वर्षीय विक्रम खनालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । घुमफिरमा गएको बेला शितगंगा नगरपालिका–१२ कोन्द्रखोलामा पौडी खेल्दा शनिबार वेपत्ता भएका थिए । प्रहरीले खोजी गर्दा उनी बोहेस अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । उनलाई उपचारको लागि कपिलवस्तु अस्पतालमा पु¥याइएको थियो । उपचारको क्रममा उनको आइतबार मृत्यु भएको हो ।

प्रकाशित : ८ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६