प्रदेश

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजको अनुसन्धान गर्ने



काठमाण्डौ ९ साउन – पूर्व अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्ने भएको छ । हिजो बसेको समितिको बैठकले सिंहदरबार छिर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएको छ।
समितिले बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते दिउँसो १२ बजेदेखि १५ गते दिउँसो १२ बजेसम्मको फुटेज हेरेर अनुसन्धान गर्न लागेको हो । यसअघि अर्थ मन्त्रालयका दुई जना सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि हुन सकेको छैन । समितिको हिजोको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि नै छानबिन गर्ने निर्णय गरेको हो ।
समितिमा रहेका एमालेका सांसदहरुले पूर्व अर्थमन्त्री शर्माको मोबाइलको कल डिटेल हेर्नुपर्ने बताए पनि सत्तारुढ दलका सदस्यहरुले भने व्यक्तिको गोपनीयताको हनन हुने भन्दै कल डिटेल हेर्न नहुने अडान राखेका छन् । यस विषयमा आजको बैठकमा पनि छलफल हुने भएको छ । यसअघि समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि बजेट निर्माणको दिनको फुटेज नपाएपछि रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६