प्रदेश

प्रेस युनियनमा लम्साल अध्यक्ष



काठमाण्डौ ९ साउन – नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दुलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ ।
प्रेस युनियनको महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा नकुल अर्याल तथा खुला उपाध्यक्षमा भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन् । यस्तै, प्रदेश उपाध्यक्षमा प्रदेश–१ बाट डिलीराम खतिवडा, मधेस प्रदेशमा अनिलकुमार कर्ण, वाग्मतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन् ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६