काठमाण्डौ ९ साउन – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेको छ ।
यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने÷गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेको पाइएकाले कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक नियम विपरीत सञ्चालन गरिएका स्कुल बसका चालकलाई कारबाही गर्नुका साथै स्कुल व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको छ । आउँदा दिनमा समेत निर्देशिका विपरीत सञ्चालन हुने स्कुल बसलाई कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
९ श्रावण २०७९, सोमबार








प्रतिक्रिया