काठमाण्डौ ९ साउन – पहिरोले घर पुरिँदा अछाममा तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ । एक जना घाइते भएका खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो ।
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको हो । स्थानीय निरक शाहीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ भने अर्का एक जना घाइते भएका छन् ।
९ श्रावण २०७९, सोमबार








प्रतिक्रिया