अन्तर्राष्ट्रिय

भारतमा पनि भेटिए मङ्कीपक्सका बिरामी



९ साउन
भारतको नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन् । राजधानी सहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन् । उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् । योसँगै भारतमा मङ्कीपक्स लागेका बिरामीको सङ्ख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो ।
अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको भन्दै अस्ति विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको थियो ।
अहिलेसम्म विश्वका ७५ देशमा मङ्कीपक्सका १६ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६