प्रदेश

संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोहोः गृहमन्त्री खाँण




काठमाण्डौ, ०९ साउन । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताउनुभएको छ ।

आज सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताउनुभएको हो । उहाँले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशङ्का नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो । गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनका लागि संशोधित ऐन ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान अनुकूल नै विधेयक ल्याइएको छ । यो विधेयकले नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन खाजेको होइन । अरू कसैको दबाब, परामर्श, सर–सल्लाह, कुनै कारणले विधेयक आएको होइन । गैरआवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्ने गरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैरआवासीय नेपालीहरू नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन् । उनीहरूलाई पनि एकत्रित गरेर उनीहरूले नेपालमा लगानी गर्ने वातावरणका लागि दिन लागिएको हो ।’ मन्त्री खाणले झन्डै ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६