प्रदेश

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी, तीन जना प्रहरीको नियन्त्रणमा




काठमाण्डौं, ०९ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ । सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए। कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए।

उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवाः मुर्दावाद’ भन्दै नारा लगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि सोधपुछ गर्ने काम भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिए।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६