ब्रेकिंग न्युज

भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला आयात र बिक्री गरेको पाइए कारबाही हुने



काठमाण्डौ १० साउन – सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।
सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ ।
४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।
विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ एक गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६