प्रदेश

तिन देशका राजदूत नियुक्त



काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् ।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६