काठमाडौं, १० साउन । मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताउनुभयो ।
हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उहाँले सुनाउनुभयो । भारतमा समेत चार वटा केस देखिएको भन्दै उहाँले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताउनुभयो । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले सरकार मौन बसेको आरोप लगाउनुभयो ।








प्रतिक्रिया